विराजभक्त श्रेष्ठ।
काठमाडौँ– युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तक्र्रियामा मन्त्री श्रेष्ठले योजनाअनुरूप नेपाली खेलकुद विकास नसकेको बजेट पनि अपर्याप्त रहेको बताएका हुन्।
श्रेष्ठले भने, ‘नेपाली खेलकुद एकै पटक यस्तो अवस्थामा आएको होइन, चरणबद्ध रूपमा खस्कँदै गएको हो।’ सम्भावना भएका क्रिकेट, खेलकुद, मार्सल आर्ट्समा बढी ध्यान दिने र अन्य सम्भावनायुक्त खेललाई पनि प्राथमिकताका साथ राखेर विकासका काम गर्ने प्रतिबद्धता मन्त्री श्रेष्ठको छ।
मन्त्री श्रेष्ठले खेलकुद संघको निर्वाचनमा राजनीति हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: ६ चैत २०८० १८:०६ | Tuesday, March 19, 2024
प्रतिक्रिया




