‘कमेडी दरबार’ ल्याउँदै बिक्की

हिमाल प्रेस ६ चैत २०८० १४:०१ | Tuesday, March 19, 2024
 ‘कमेडी दरबार’ ल्याउँदै बिक्की

काठमाडौँ- कमेडियन बिक्की अग्रवालले कमेडी साे ‘कमेडी दरबार’ ल्याउने भएका छन्। साेकाे निर्देशन बिक्की र श्रद्धा प्रसाईंले गर्नेछन्।

टिममा कलाकार विजय बराललाई अनुबन्धित गर्दै साेको घोषणा गरिएकाे हाे। साे पारिवारिक कमेडीमा आधारित हुनेछ।

प्राइम टेलिभिजनमार्फत प्रसारण हुने साेको मिति सार्वजनिक गरिएको छैन। अग्रवालका अनुसार साेमा विजय बराल, पवन खतिवडा, हिमेश पन्त, सुन्दर खनाल र विकास अर्याल अनुबन्धित भइसकेका छन्। अन्य केही कलाकार र साेको सेट छनोट कार्य भइरहेको छ।

यसअघि गरेको साे भन्दा केही फरक तरिकाले प्रस्तुत गर्ने निर्माण टिमको तयारी छ। यसअघि विक्कीले रोस्ट साे ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन सम्पन्न गरेका थिए। उनी साेको होस्ट थिए।

प्रकाशित: ६ चैत २०८० १४:०१ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast