काठमाडौँ- साहित्यकार परशु प्रधानको निधन भएको छ।
सोमबार राति बानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा उनको निधन भएको हो। उनको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि राखिएको छ।
आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानका छोरा प्रतिक प्रधानले सामाजिक सन्जालमार्फत जानकारी दिए।
विसं २००० मा भोजपुरमा जन्मिएका परशु प्रधानले गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउने गरेका थिए। पीआर प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना विसं २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारी मा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा प्रकाशित भएको थियो।
प्रकाशित: ६ चैत २०८० ७:४३ | Tuesday, March 19, 2024
प्रतिक्रिया




