आईसीसी अध्यक्ष बार्कले नेपाल आइपुगे

हिमाल प्रेस ५ चैत २०८० १७:३६ | Monday, March 18, 2024
आईसीसी अध्यक्ष बार्कले नेपाल आइपुगे

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले चार दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्। बार्कले सामेबारभारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौंको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

उनलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का लगायतले स्वागत गरेका थिए। २१ मार्चसम्म नेपालमा रहँदा बार्कलेले कीर्तपुरस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्नेछन्। यससँगै प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ।

लामो समय न्युजिल्यान्ड क्रिकेट बोर्डको नेतृत्व गरेका बार्कले सन् २०२० मा आईसीसीको अध्यक्ष बनेका थिए।

प्रकाशित: ५ चैत २०८० १७:३६ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast