महाधिवेशनका लागि नेकपा एसले बनायो १३ वटा कमिटी

हिमाल प्रेस ४ चैत २०८० २१:४१ | Sunday, March 17, 2024
महाधिवेशनका लागि नेकपा एसले बनायो १३ वटा कमिटी फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनका लागि विभिन्न १३ कमिटी  गरेको छ।

पार्टीले मूल व्यवस्थापन कमिटीलाई पूर्णता दिने क्रममा गठन गरेको कमिटीमा संयोजक तथा सदस्यको जिम्मेवारी तोकिएको हो। महाधिवेशन मूल व्यवस्थापन कमिटीको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार कमिटीको संयोजकमा झलनाथ खनाललाई जिम्मेवारी दिइएको छ।

प्रतिनिधि व्यवस्थापन कमिटीमा बेदुराम भुसाल, अर्थ परिचालन कमिटीमा प्रमेश हमाल, संस्कृति तथा कला साहित्य कमिटीमा रामचन्द्र झा, जनपरिचालन तथा यातायात कमिटीमा विजय पौडेल, प्रचारप्रसार कमिटीमा जगन्नाथ खतिवडा, स्वास्थ्य व्यवस्था कमिटीमा नागेन्द्र चौधरीलाई जिम्मेवारी तोकिएको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

यसै गरी आवास व्यवस्थापन कमिटीमा सावित्रा भुसाल, खाद्य व्यवस्थापन कमिटीमा केदार सञ्जेल, मञ्च तथा हल व्यवस्थापन कमिटीमा गंगालाल तुलाधर, स्वयंसेवक परिचालन कमिटीमा केशवबहादुर विष्ट र सचिवालय कमिटीमा घनश्याम भुसाललाई संयोजक तोकिएको छ।

पार्टी अध्यक्ष नेपालको कमिटीमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने व्यवस्था गरिएको छ। समाजवादी मोर्चा तथा विभिन्न कम्युनिष्ट शक्तिसँगको कार्यगत एकताको प्रक्रिया अगाडि बढाउन लागेको पार्टीले महाधिवेशनका कुनै पनि कार्यतालिकामा प्रभाव नपर्ने जनाएको छ। पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन काठमाडौँमा गर्न लागेको छ। रासस

प्रकाशित: ४ चैत २०८० २१:४१ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast