‘समय र उमेर’सँगै परिवर्तन भएको भीष्मको प्रेम

हिमाल प्रेस १ चैत २०८० १८:०५ | Thursday, March 14, 2024
‘समय र उमेर’सँगै परिवर्तन भएको भीष्मको प्रेम

काठमाडौँ- बालापनको प्रेम, सुन्दर समय अनि संसार सम्झिँदै भीष्म जोशी मञ्चमा कविता भनिरहेका छन्। दुबैले देखेको सपना फिल्मको नायकनायिका बन्ने। बालापनको प्रेमिका अचानक कविता वाचनमा भेट हुन्छ। समयसँगै परिवर्तन भएको उनीहरुको सम्बन्ध।

भीष्म जोशीको लेखन र निर्देशनमा बनेको म्युजिकल सर्ट फिल्म ‘समय र उमेर’ले उमेर बढेसँगै बालापनको प्रेम आउने परिवर्तन  देखाउने प्रयास गरेको छ। गीत बिहीबार आर्ट घर नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियोमा भीष्मसहित रिश्ता बस्नेत(अधिकारी), नेहा शाही र रविन्द्र थापा अभिनीत छन्। भीष्मकै शब्द रहेको गीतमा सुविन सेञ्चुरी र समीक्षा दाहालको स्वर छ। सागर संसार राईले मिम्सिङ गरेको गीतमा गायक सेञ्चुरीले नै संगीत भरेका छन्। गीतको संगीत संयोजन पनि उनकै छ।

माहोल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो सुजय गौतमले छायांकन र जेसन लोप्चनले सम्पादन गरेका हुन्।

यस्तो छ गीत

प्रकाशित: १ चैत २०८० १८:०५ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast