काठमाडौँ- फिल्म ‘लन्डन टु पेरिस’ जेठ २५ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले बिहीबार पोस्टर सार्वजनिक गर्दै जेठ २५ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।
पोस्टरमा फिल्मका कलाकार अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्कालाई रोमान्टिक मोडमा देख्न सकिन्छ। प्रेमकथामा आधारित फिल्ममा साम्राज्ञी र निश्चलसहित कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीलगायतको अभिनय छ। गरिमा शर्माले पनि यसै फिल्मबाट डेब्यु गरेकी छन्।
फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। प्रदीप भारद्धाजले फिल्मको कथा, पटकथा र संवाद लेखेका छन्। फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्मातामा छन्।
अभेद परवको छायांकन र सजु चन्द्रनको सम्पादन रहेको फिल्ममा हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत रहनेछ। एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्सन र अर्चिड भेस फिल्सम्को ब्यानरमा बनेको छ।
ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी अख्तियारको नियन्त्रणमा, ३ लाख घुस रकमसमेत भेटियो


