‘अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुनुहुँदैन’

हिमाल प्रेस २८ फागुन २०८० १५:४१ | Monday, March 11, 2024
‘अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुनुहुँदैन’

काठमाडौँ- आदर्श पुरुष र सरल छवि बनाएकाेमा गत वर्षको फिल्म ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्यले राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए। तर,यसपटक उनले आगामी फिल्म ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गरेका छन्। सेवा भावभन्दा अनैतिक कार्यलाई प्रश्रय दिने नेताको भूमिका निर्वाह गरेका अभिनेता आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताए।

फिल्म ‘महाजात्रा’ को प्रचारप्रसारमा सहभागी भएका आचार्यले षट्कोण आर्ट्समा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेताका रुपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको जानकारी दिए।

‘म र मैले अभिनय गर्ने पात्र फरक हुन्। सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु। त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु। यसपटक मैले नेताको भूमिकामार्फत भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु। यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ’, अभिनेता आचार्यले भने।

उनले आफूसँग मह सञ्चारमा डेढ दशक अगाडि काम गरेका कारण पनि निर्देशक प्रदीप भट्टराईको कामप्रति विश्वास रहेको बताए। उनले भने,‘निर्देशक भट्टराईले समाजलाई सन्देश र दर्शकलाई मनोरञ्जन दिने कथा तयार गर्छन् । सोही कारण पनि म उहाँप्रति विश्वस्त भएर कथा नहुँदा पनि अभिनय गर्न सक्छु। यसपटक पनि मलाई पूर्ण कथाभन्दा पनि चरित्रको बारेमा थाहा थियो तर फिल्म उनले लेखिएको भन्दा राम्रो बनाएका छन्।’

अभिनेता आचार्यले ‘महाजात्रा’ कलात्मक र व्यावसायिक दुवै पक्षलाई ध्यान दिएर तयार गरिएको बताए। किनकि उनी सफल हुन कलाको प्रशंसासँगै व्यावसायिक सफलता पनि अनिवार्य हुने विचार राख्छन्। निर्देशक भट्टराईले अभिनेता आचार्यमा रहेका सम्भावना व्यक्तिगत जीवनका कारण समेटिनु हुँदैन भन्नेमा जोड दिए।

प्रकाशित: २८ फागुन २०८० १५:४१ | Monday, March 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast