निरन्तर वर्षा भएपछि रद्द भयो नेपाल र हङकङबीचको खेल, दुवै टोलीले अंक बाँडे

हिमाल प्रेस २७ फागुन २०८० १४:३० | Sunday, March 10, 2024
निरन्तर वर्षा भएपछि रद्द भयो नेपाल र हङकङबीचको खेल, दुवै टोलीले अंक बाँडे

काठमाडौँ- निरन्तर पानी परेसँगै नेपाल र हङकङबीचको खेल नतिजाविहीन बन्दै टुंगिएको छ। पानी परेका कारण खेल पहिलो इनिङ्स नसकिँदै टुंगिएको हो।

त्रिदेशीय टी-२० शृंखला अन्तर्गत आज नेपालले घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गरेको थियो। वर्षा वाधक बन्दा दुवै टोलीले १–१ अंक बाँडेका छन्।

मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो।

त्यसपछि लगातारको वर्षाका करण खेल खेलाउन सम्भवन नभएपछि रद्द भएको हो। खेल रोकिनुअघि हङकङका लागि अन्शुमन रथ ३६ र बाबर हायत तीन रन बनाएर खेलिरहेका थिए।

त्यसअघि पनि पाँच ओभरको समाप्तिपछि वर्षाका करण खेल केही बेर अवरुद्ध भएको थियो ।

नेपालका लागि करण केसी र गुल्सन झाले विकेट दिलए। करणले पहिलो बलमै मार्टिन कोट्जेलाई गुल्सनबाट क्याच गराए।

गुल्सनले आठौं ओभरको दोस्रो बलमा कप्तान निजाकत खानलाइै बोल्ड गरे। निजाकत २५ रन बनाएर आउट भए ।

अब नेपालले मंगलबार पपुवा न्युगिनी (पीएनजी) को सामना गर्नेछ।

प्रकाशित: २७ फागुन २०८० १४:३० | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast