मुख गन्हाउने समस्यालाई यसरी गरौँ उपचार

हिमाल प्रेस २७ फागुन २०८० ७:४४ | Sunday, March 10, 2024
मुख गन्हाउने समस्यालाई यसरी गरौँ उपचार

काठमाडौँ- मुखको दुर्गन्धले धेरै मानिसलाई सताइरहेको हुन्छ। यहीकारण साथीभाइबीच मात्र नभई पति पत्नीबीच पनि दूरी उत्पन्न हुन सक्छन्।

मानिसलाई लाजमर्नु बनाउछ मुखको दुर्गन्धले। मानिस जतिसुकै सुटेडबुटेड देखिएपनि मुख गन्हाउने भन्ने बित्तिकै उसको व्यक्तित्व निकै तल्लोस्तरमा पुग्न सक्छ।

खासै गम्भीर नभएपनि मुख गन्हाउने समस्यामा खानपानका अलावा केही स्वास्थ्य समस्या जिम्मेवार हुन्छन्। तर, यसबाट सजिलै छुट्कारा पाउन सकिन्छ।

पाचन क्रिया सही नभएपछि मुखबाट दुर्गन्ध आउछ। वास्तवमा हामीले खाने खानाको रस हाम्रो पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउन थाल्छ। यसका साथै कब्जियत, पेटमा घाउ, रक्सी सेवन, दाँत तथा गिजाको समस्या भएकाहरूमा मुख गन्हाउने समस्या हुन्छ।

मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ। दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउनुपर्छ। एन्टीब्याक्टेरियल तत्व हुने भएकाले ग्रीन टीले पनि मुख गन्हाउने समस्या कम गर्छ।

यस्तै, चुरोट सेवन गर्ने मानिसमा पनि मुख गन्हाउने समस्या हुन्छ। यस्तो मानिसले बढी पानी पिउनुपर्छ। मिन्टवाला चुइङगम चपाउन पनि सकिन्छ। तर, चुईङगम सुगरफ्री भए राम्रो हुन्छ।

केही घरेलु उपाय

अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ।

यस्तै, तुलसीको चार–पाँच वटा पात दिनहु खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनाले पनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ। यति गर्दा पनि दुर्गन्ध हट्दैन भने एकपटक चिकित्सकको सल्लाह लिनुपर्छ।

प्रकाशित: २७ फागुन २०८० ७:४४ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast