काठमाडौँ- मिलन चाम्सको निर्देशनमा बनेको फिल्म ‘एञ्जिला’को पहिलो पोस्टर सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा कलाकार दयाहाङ राई र एञ्जिला तुम्बापो सुब्बालाई देख्न सकिन्छ।
एञ्जिला राष्ट्रिय महिला फुटबल टिमकी कप्तान हुन्। उनले यसैबाट फिल्ममा डेब्यु गरेकी छन्। पोस्टरमा एक हातमा फुटबल र अर्को हातले डोको समाएर हिँडिरहेकी छन्। फिल्ममा अञ्जिलाको बाल्यकालदेखि राष्ट्रिय महिला फुटबल टोलीको कप्तान र वर्तमान समयसम्मको घटनाक्रमलाई चित्रण गरिएको निर्माण टिमले जनाएको छ।
फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। फिल्म प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन्।
प्रकाशित: २५ फागुन २०८० १४:१३
प्रतिक्रिया