आजको राशिफल

हिमाल प्रेस २४ फागुन २०८० ६:०५
298
SHARES
आजको राशिफल

आज मिति २०८० फागुन २४ बिहीबार, फागुन कृष्ण पक्ष, द्वादशी तिथि, तदनुसार २०२४ मार्च ७ को तपाईको राशिफल

मेष : काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। मन खुसी रहनेछ।

वृष : नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ ।

मिथुन : धेरैले विश्वास गर्नेछन्। सोचेको आटेको काममा सफलता मिल्नेछ। शत्रुहरू पराजित हुनेछन भने रमाइलो यात्राको योग रहेको छ।

कर्कट : समय साथीभाइसँग रमाइलोमा बित्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ।

सिंह : प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ।

कन्या : प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन्।

तुला : नसोचेको धन लाभ हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ।

वृश्चिक : आम्दानी प्रशस्तै बढ्नेछ । परिवारसँग मनमुटाब हुने देखिन्छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

धनु : सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रशन्न रहनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मकर : व्यापार व्यवसायबाट त्यति लाभ मिल्नेछैन। पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

कुम्भ : सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ। साथीभाइको सहयोगले आत्मबल बढ्नेछ। आमाको साथले नयाँ कामको थालनी हुनेछ।

मीन : आफ्नै प्रयासले काममा लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो समस्याले सताउन सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ।

प्रकाशित: २४ फागुन २०८० ६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =