 
                             
                                            काठमाडौँ- सत्ता गठबन्धन भत्किएको छ। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन्।
अरू दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन्। ‘एमाले सरकारमा जाने निश्चित भयो। आजै संसद् पुर्नगठन गर्ने तयारी छ।’ एमालेका एक पदाधिकारीले भने।
                            प्रकाशित: २१ फागुन  २०८० ९:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 