१२ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

हिमाल प्रेस १६ फागुन २०८० १८:११ | Wednesday, February 28, 2024
१२ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौं- काठमाडौंको लाजिम्पाट एरियाबाट १२ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। अवैध रुपमा हुन्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले चीनको संघाई शहर घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने राहदानी नं ईजे ७२७९०५१ वाहक वर्ष २८ को झोउ जियाउ पक्राउ परेका हुन्।

शरीर खानतलासी गर्दा निजले बोकेको झोलाभित्र नेपाली एक हजार दरको नोट ८०० थान र रू ५०० दरको नोट ८०० थान गरी १२ लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुन्डी मार्फत वित्तीय कारोबार गर्ने उद्देश्यले बोकी हिँडेकोले उक्त नगद बरामद गर्नुका साथै नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: १६ फागुन २०८० १८:११ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast