काठमाडौं- नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चयन भएका छन्। समिट एयरका अकाउन्टेबल म्यानेजरसमेत रहेका कार्की संघको हालका महासचिव हुन्।
नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिएको छैन। बिहीबार हुने संघको २३औँ साधारण सभाले औपचारिकरूपमा नयाँ कार्यसमितिको घोषणा गर्ने संघको तयारी छ। नाम टुंगो लागे पनि औपचारिक घोषणा बिहीबार हुनेछ।
प्रकाशित: १६ फागुन २०८० १७:५५ | Wednesday, February 28, 2024
प्रतिक्रिया



