नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

हिमाल प्रेस १६ फागुन २०८० १३:१०
6
SHARES
नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ- त्रिदेशीय आई टी-२० श्रृंखलामा नेदरल्यान्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको यो श्रृंखलामा बुधबार नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १८४ रन जोड्यो।

नेदरल्यान्ड्सका लागि साइब्रान्डले नटआउट ४९ रन जोडे। उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा रनआउट भएका तेजा निडामानुरुले ३३ रन जोडे।

त्यसअघि ओपनर माइकल लेभिटले ३६ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५४ रन जोडे। अर्का ओपनर म्याक्स ओडाउनद भने ४ रनमा आउट भए।

यस्तै कप्तान स्कट इडवार्ड पनि ३३ रनमा रनआउट भए। उनले १६ बलमा ५ चौका हिर्काए।

बलिङमा नेपालका करण केसी र कुशल मल्लले १(१ विकेट लिए।

प्रकाशित: १६ फागुन २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast