काठमाडौँबाट सर्लाही जाँदै गरेको ट्रकमा फेला पर्‍यो गाँजा

हिमाल प्रेस १६ फागुन २०८० ५:५८ | Wednesday, February 28, 2024
काठमाडौँबाट सर्लाही जाँदै गरेको ट्रकमा फेला पर्‍यो गाँजा

काठमाडौँ– धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले छ सय २० किलो गाँजा बरामद गरेको छ।

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको ट्रकमा राखिएको छ सय २० किलो गाँजासहित धादिङ प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो।

लागुऔषध गाँजासहित ट्रक चालक सर्लाहीको २९ वर्षीय सन्तोषकुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमाण्डमा खटिएको टोली खटिएको टोलीले उक्त परिमााणको गाँजा बरामद गरेको हो।

पृथ्वी राजमार्गबाट ठूलो परिमाणमा गाँजा लिएर एउटा ट्रक सर्लाहीतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा नियन्त्रण गर्न सफल भएको प्रहरी उपरीक्षक केसीले बताए।

गाँजासहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। रासस

 

प्रकाशित: १६ फागुन २०८० ५:५८ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast