प्रभु बैंकका डेपुटी सीईओसहित १० जना पक्राउ

हिमाल प्रेस १५ फागुन २०८० १२:१८ | Tuesday, February 27, 2024
प्रभु बैंकका डेपुटी सीईओसहित १० जना पक्राउ

काठमाडौँ- प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने, पूर्वसिईओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआर्इबी) ले उनीहरूलाई बैकिङ कसुरका विषयमा अध्ययन गरिरहेको छ। उनीहरूलाई बैकिङ कसुरमा पक्राउ गरेको सीआईबीले जनाएको छ।

सीआईबीका एआइजी किरण बज्रचार्यले मंगलबार १० जनालाई पक्राउ गरिएको बताएका छन्। उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ।

सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत थिए। सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारीमा थिए। यी बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छानबिन भइरहेको थियो।

प्रकाशित: १५ फागुन २०८० १२:१८ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast