शान्ति प्रक्रियाका बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्छ : गृहमन्त्री

हिमाल प्रेस १४ फागुन २०८० १४:३५ | Monday, February 26, 2024
शान्ति प्रक्रियाका बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्छ : गृहमन्त्री

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताएका छन्।

सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रियाका बाँकी काम पीडितलाई न्याय दिनेगरी, राष्ट्रमा मेलमिलाप कायम हुनेगरी र दिगो शान्ति कायम हुनेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन राष्ट्रिय सहमति बन्नुपर्ने बताए। सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक पारित गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको गठनलाई नयाँ ढंगले फेरि पूर्णता दिनुपर्ने आवश्यकता रहेको औंल्याए।

प्रकाशित: १४ फागुन २०८० १४:३५ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast