जनयुद्धको कथामा आधारित ‘सिटामोल’को छायांकन सकियो

हिमाल प्रेस १३ फागुन २०८० १५:३२ | Sunday, February 25, 2024
जनयुद्धको कथामा आधारित ‘सिटामोल’को छायांकन सकियो

काठमाडौँ– राज बहादुर साने निर्देशित फिल्म ‘सिटामोल’को छायांकन सकिएको छ। काठमाडौँका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पूर्ण छायांकन सिन्धुलीमा सकिएको निर्देशक सानेले बताए।

सिन्धुलीमा २५ दिनसम्म फिल्मको छायांकन गरिएको थियो। सहज वातावरणमा फिल्मको छायांकन सकिएको फिल्म आगामी तीजमा  प्रदर्शन गर्ने तयारी रहेको  निर्देशक सानेले जानकारी दिए। फिल्म दिव्य सुवेदीले छायांकन गरिरहेका छन्।

निर्माण टिमले फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको रोमान्टिक तस्वीरसमेत सार्वजनिक गरेका छन्।

तस्वीरअनुसार फिल्मको कथावस्तु माओवादी जनयुद्धमा आधारित रहेको अनुमान गर्न सकिन्छ।कलाकार सौगात जनयुद्धको घाइते पात्रको भूमिकामा देखिनेछन्।

फिल्ममा अन्य कलाकार लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीलगायतको अभिनय छ।

फिल्मको कथा निर्देशक साने स्वंयमको छ। फिल्मको गीतमा बाबुल गिरीको संगीत रहनेछ।

फिल्मका निर्माता भुगोल कुमार कार्की हुन्।भने कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन्। फिल्म तुलसी देवी फिल्मस्को ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: १३ फागुन २०८० १५:३२ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast