‘सबै दललाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व हो’

हिमाल प्रेस १३ फागुन २०८० १५:०६ | Sunday, February 25, 2024
‘सबै दललाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व हो’ तस्बिर : हिमालप्रेस

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन्।

आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीहरूलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा रहेको उल्लेख गरे। उनले कांग्रेसले सबैसँग सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्न भूमिका खेल्नुपर्ने बताए।

कांग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरूले अन्य पार्टीहरूसँग पनि सहकार्य गरेर जनताको स्वार्थ अनुकुल काम गर्नुपर्ने धारणा राख्दै सिटौलाले सिंगो राष्ट्रलाई एकतावद्ध गरेर बलियो राष्ट्र निर्माण गर्न पार्टी भित्र र बाहिर सबैसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए।

नेता सिटौलाले राज्यका सम्पूर्ण संयन्त्रहरूलाई संविधान बमोजिम जनताको हितमा प्रयोग गर्नुपर्ने बताए। उनले आफूहरूले आगामी दिनमा जनताप्रति समर्पित भावले काम गर्ने पनि उल्लेख गरे।

प्रकाशित: १३ फागुन २०८० १५:०६ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast