कुमारीमा गाभियो एनसीसी बैंक, १७ गतेदेखि एकीकृत कारोबार

हिमाल प्रेस १२ पुष २०७९ १६:०२ | Tuesday, December 27, 2022
कुमारीमा गाभियो एनसीसी बैंक, १७ गतेदेखि एकीकृत कारोबार

काठमाडौँ– नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक कुमारी बैंकमा गाभिएको छ। नेपाल राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले दुई बैंक गाभिएर कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्न स्वीकृत दिएको हो।

पुस १७ गतेदेखि दुई बैंकले एकीकृत कारोबार गर्ने भएका छन्। योसँगै एनसीसी बैंकले आफ्नो अस्तित्व गुमाउनेछ।

दुई बैंकबीच १ः१ को सेयर स्वाप रेसियोमा मर्जर हुने सहमति भइसकेको छ। एनसीसीलाई गाभेपछि कुमारी बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्नेछ।

मर्जरपछि रमेशराज अर्याल बैंकको प्रमुख कार्यकारी अधिकृत हुने सहमति भएको छ। कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनेछन्। सञ्चालक समितिमा एनसीसीबाट चार जना र कुमारीबाट तीन जना रहनेछन्।

प्रकाशित: १२ पुष २०७९ १६:०२ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast