अपराध गर्नेलाई राजनीतिक संरक्षण हुनु हुँदैन : सांसद बजगाईँ

हिमाल प्रेस ११ फागुन २०८० १३:०९ | Friday, February 23, 2024
अपराध गर्नेलाई राजनीतिक संरक्षण हुनु हुँदैन : सांसद बजगाईँ

काठमाडौँ – प्रतिनिधिसभा संसद् राजेन्द्र बजगाईँले अपराध कर्ममा सम्लग्न जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। अपराधीको कुनै पार्टी या जात नहुने भन्दै उनले प्रतिनिधिसभाको आजको बैठकमा अपराधिलाई राजनीतिक संरक्षण हुन नहुनेमा जोड दिए।

मिटरब्याज, सहकारी तथा लघुवित्त समस्यामा सदनमै सत्तापक्ष र प्रतिपक्षबिच आरोप प्रत्यारोप चल्नु दुखद भएको भनाइ छ। क्षणिक चर्चाको लागि एकले अर्कोलाई आरोप लगाउनुको सट्टा यो समस्या समाधानको लागि दलहरू एकजुट हुनुपर्ने उनले बताए।

ललिता निवासको मुद्दाको फैसला आएपछि भूमाफियाहरुको मनोबल घटेको भन्दै संसद् बजगाईँले अन्य प्रकरणमा पनि अनुसन्धानले गति लिनुपर्नेमा जोड दिए। साथै उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता विवादले भ्रम सृजना गरेकोले उचित छानबिन हुनुपर्ने बताए।

प्रकाशित: ११ फागुन २०८० १३:०९ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast