कांग्रेस रूपान्तरणमा मेराे ‍यात्रा जारी छ : कोइराला

हिमाल प्रेस १० फागुन २०८० १७:३७ | Thursday, February 22, 2024
कांग्रेस रूपान्तरणमा मेराे ‍यात्रा जारी छ : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस रूपान्तरणमा आफ्नो अविचलित यात्रा जारी रहेको बताएका छन्।

महासमिति बैठक समापनको अवसरमा बिहीबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बोल्दै उनले महासमिति बैठकले नवीन कांग्रस बनाउने संकल्प थप बलियो हुने विश्वास गरे।

उनले कांग्रेस आफ्नो मौलिक पहिचानबाट टाढा जान नहुने बताए। उनले  जनतामा केही हुँदैन भन्ने न्यारेटिभ बन्दै गएको पनि बताए। ‘आम जनतामा यो देशमा केही हुँदैन भन्ने न्यारेटिभ बन्दै गएकाे छ। यसलाई चिर्न पार्टी संठन परिचालन हुनुपर्छ। आजैबाट जुटौं,’ उनले भने।

प्रकाशित: १० फागुन २०८० १७:३७ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast