‘मेयर’ काे छायांकन

हिमाल प्रेस १० फागुन २०८० १४:५८ | Thursday, February 22, 2024
‘मेयर’ काे छायांकन

काठमाडौँ– फिल्म ‘मेयर’ को छायांकन सुरु गरिएको छ। लैनचौरस्थित मल्ल होटलमा सभाहल सम्मेलनको दृश्य खिच्दै छायांकन थालिएको निर्माण टिमले जनाएको छ। फिल्म कृष्ण थापाले छायांकन गरिरहेका छन्।

दीपेन्द्र के खनालले निर्देशन गरिरहेको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने मेयरको भूमिकामा देखिनेछन्। उनले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको भूमिका निर्वाह गर्दैछन्।

मेयरको कामबाट प्रभावित भएर फिल्म बनाउन लागेको निर्देशकले बताएका छन्। यो फिल्म बायोपिक नभएको निर्देशक खनालको दाबी छ।

निर्माण टिमका अनुसार केही राम्रो काम गरेर छाड्छु भन्ने संकल्प बोकेको एक मान्छेले कठिन परिस्थिति र विविध अवरोधका बीच कसरी समाजलाई राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने कथामा फिल्म बन्नेछ।

३५ दिनको तालिकासहित फ्लोरमा निस्किएको फिल्मको छायांकन सर्लाहीमा पनि हुनेछ। बारम्बार निर्माता फेरिरहेको फिल्म अब निर्देशकले नै निर्माण गर्दैछन्।

महेश दवाडीको पटकथा रहेको फिल्ममा अन्य कलाकार अर्पण थापा, अनुप बराल, दिव्य देव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, संजोग रसाईली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय रहनेछ।

मेयर थापा गत वर्षको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट सर्लाहीको बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए।

प्रकाशित: १० फागुन २०८० १४:५८ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast