प्रधानमन्त्री र कृषिमन्त्रीलाई मृत्युदण्ड दिने व्यवस्था गर्न जरुरी छ : सांसद सुवाल

हिमाल प्रेस १० फागुन २०८० १३:४१ | Thursday, February 22, 2024
प्रधानमन्त्री र कृषिमन्त्रीलाई मृत्युदण्ड दिने व्यवस्था गर्न जरुरी छ : सांसद सुवाल

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देश र जनताविराधी प्रधानमन्त्री, कृषिमन्त्री र कृषि सामग्री कम्पनीका अधिकारीहरूलाई मृत्युदण्ड दिन माग गरेका छन्। प्रतिनिधिसभामा बिहीबार बोल्दै सांसद सुवालले किसानलाई मल उपलब्ध नगराएका दोषीहरूलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गर्न माग गरेका हुन्।

सुवालले तातोपानी भन्सारमा १० महिनादेखि सात लाख ३५ हजार मल थन्किएको बताए। उनले किसानले समयमा मल नपाउँदा उत्पादन घटेको र भारतीय उत्पादन महँगोमा किन्नुपर्दा नेपालमा व्यापार घाटा बढेको बताए।

उनले भने, ‘देश र जनताविरोधी यो षड्यन्त्रका दोषी, प्रधानमन्त्री, कृषिमन्त्री, कृषि सामग्री कम्पनीका अधिकारीहरूको कोको हुन् उनीहरूलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गर्न जरुरी छ।’ सुवालले यसैगरी द्वन्द्वग्रस्त मुलुक इजरायलमा नेपालीलाई काम गर्न पठाउने प्रधानमन्त्री र मन्त्री अधिकारीहरूलाई कारबाही गर्न माग गरे। उनले इजरायली सरकार वा हमास कसको कब्जमा छन् स्पष्ट पार्न पनि माग गरे।

प्रकाशित: १० फागुन २०८० १३:४१ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast