अर्थतन्त्र पुनरुत्थानका लागि प्रधानमन्त्रीलाई सीएनआईको सुझाव

हिमाल प्रेस १२ पुष २०७९ १२:२४
8
SHARES
अर्थतन्त्र पुनरुत्थानका लागि प्रधानमन्त्रीलाई सीएनआईको सुझाव

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल उद्योग परिसंघ (सीएनआई)ले अर्थतन्त्र पुनरुत्थानका लागि सुझाव दिएको छ।

अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटार पुगेर भेटवार्ता गरेको हो।

अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार गर्न नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिए।

सीएनआईले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्री समक्ष पेस गरेको छ।

सीएनआईले अर्थतन्त्रलाई गति प्रदान गर्न वित्तीय क्षेत्र, औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय सुझाएको छ।

सीएनआईको सुझाव ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सहयोग र सुझाव खोजेको प्रतिक्रिया दिए।

उनले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमै रहने बताए। उनले भने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई सुधारका नीतिगत निर्णय गरेका छौँ।’

प्रकाशित: १२ पुष २०७९ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =