सुनजस्तो देखिने वस्तुसहित एक भारतीय विमानस्थलबाट पक्राउ

हिमाल प्रेस ८ फागुन २०८० १८:१८
16
SHARES
सुनजस्तो देखिने वस्तुसहित एक भारतीय विमानस्थलबाट पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु (करिब आठ सय ५५ ग्राम) सहित गएराति एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय शरिफअहमद अब्दुल गफुर रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनले भने,‘विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। निजलाई आज आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइने छ।’

दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रुपमा लुकाइछिपाइ भन्सार छली लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast