क्यानडाविरुद्ध पहिलो जितको लक्ष्यमा नेपाल ‘ए’ टिम

हिमाल प्रेस ८ फागुन २०८० ७:१३ | Tuesday, February 20, 2024
क्यानडाविरुद्ध पहिलो जितको लक्ष्यमा नेपाल ‘ए’ टिम नेपाल ए टोली र क्यान्डा ११ का कप्तानहरू मूलपानी मैदानमा तस्बिर : क्यान

काठमाडौँ- नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीच दुई देशीय मैत्रीपूर्ण तीन दिवसीय श्रृंखलाको दोस्रो खेल मंगलबार (आज) हुँदैछ।
मुलपानी क्रिकेट मैदानमा बिहान (९:३०) बजेदेखि सुरु हुनेछ।

यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा-११ ले नेपाल ‘ए’लाई ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पहिलो जितको लक्ष्यसहित नेपाली टोली मैदान उत्रिनेछ।

नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि मात्रै घोषणा गरेको ए टिमको यो नै पहिलो अभ्यास श्रृंखला हो।

क्यानडाले पनि आफ्नो आगामी लिग २ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ। यसअघि नेपालको सिनियर टोलीसँगै क्यानडा भिडेको थियो। तीन खेल खेलेको क्यानडाले कुनैमा पनि जित हात पार्न सकेन।

नेपाल ए र क्यानडाले तेस्रो खेल २२ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ। क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ।

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्।

प्रकाशित: ८ फागुन २०८० ७:१३ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast