पाल्पामा टिपर दुर्घटना हुँदा दुई युवाको मृत्यु

हिमाल प्रेस ८ फागुन २०८० ६:४९ | Tuesday, February 20, 2024
पाल्पामा टिपर दुर्घटना हुँदा दुई युवाको मृत्यु

काठमाडौँ- पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

लु२ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुंगाखानीतर्फ जाँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा सोमबार दुर्घटनामा परेको हो।

घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ८ फागुन २०८० ६:४९ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast