काठमाडौँ- समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तोकिएका छन्।
आज बिहान बसेको बैठकले विप्लवले आगामी दिनमा नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।
यसअघि मोर्चाको संयोजकमा माधवकुमार नेपाल थिए। मोर्चा संयोजकको कार्यकाल ४ महिने हुन्छ।
यसअघि दुई कार्यकाल माधव नेपाल निरन्तर संयोजक बने। मोर्चाको सदस्य सचिवमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनिएका छन्।
महासचिव गुरुङका अनुसार जो संयोजक तोकियो सोही पार्टीको अर्को व्यक्ति सचिव बन्ने मोर्चाको परम्परा छ।
प्रकाशित: ६ फागुन २०८० ११:०८ | Sunday, February 18, 2024
प्रतिक्रिया



