किसानहरूद्वारा ग्रामीण भारत बन्दको आह्वान

हिमाल प्रेस ४ फागुन २०८० ११:०८ | Friday, February 16, 2024
किसानहरूद्वारा ग्रामीण भारत बन्दको आह्वान तस्बिर : एएफपी

काठमाडौँ- किसानसँग सम्बन्धित संगठनहरूले आज ग्रामीण भारत बन्दको आह्वान गरेका छन्। ग्रामीण भारत बन्द भएकाले आज कृषि कार्य बन्द गर्ने संयुक्त किसान मोर्चासहितका किसान संगठनहरूले जनाएका छन्।

किसानको यो बन्दलाई कांग्रेस, कम्युनिस्टलगायतका राजनीतिक पार्टी र किसान संगठनहरूले पनि समर्थन जनाएका छन्। राजधानी नयाँ दिल्लीमा सरकारलाई माग सुनाउन किसानहरूले यही फागुन १ गतेदेखि ‘दिल्ली जाऔँ’अभियान पनि सुरु गरेका थिए।

किसान प्रतिनिधि र सरकारबीच बिहीबार राति अबेरसम्म भएको वार्ता निष्कर्षविहीन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वार्ता निष्कर्षविहीन भएपछि किसानहरूले शुक्रबार बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द आह्वान गरेका छन्।

भारतयी सञ्चारमाध्यमका अनुसार बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। किसानहरूको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरूको मुद्दा फिर्ता लिनुपर्ने मागसहित उनीहरू आन्दोलनममा होमिएका हुन्।

प्रकाशित: ४ फागुन २०८० ११:०८ | Friday, February 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast