कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको बस आज बिहान सडकबाट दुईसय मिटर तल खसेको थियो।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
मृतकको विवरण (पहिचान) आइसकेको छैन। कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा २४ जना घाइते मध्ये ११ जनाको बुटवलमा र १३ जनाको कपिलवस्तुको चन्द्रोटामा उपचार भइरहेको जानकारी गृह मन्त्रालयले जनाएको छ।
अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।
प्रकाशित: ३ फागुन २०८० ६:५०
प्रतिक्रिया