४८० नेपाली साउदी जेलमा

हिमाल प्रेस २ फागुन २०८० १२:०१ | Wednesday, February 14, 2024
४८० नेपाली साउदी जेलमा

काठमाडौँ- वैदेशिक रोजगारीका लागि साउदी पुगेका चार सय ८० जना नेपाली जेल परेका छन्। उनीहरू विभिन्न अभियोगमा जेल परेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदीमा रोजगारीका लागि आएका नेपाली अवैधरूपमा घरेलु रक्सी कारखाना सञ्चालन, सेवन तथा बिक्री गरेको अभियोगमा जेल परेका हुन्।

४८० जना नेपाली जेलमा रहेको र जेलमा परेकामध्ये ८० प्रतिशतभन्दा बढी अवैध मदिराको उत्पादन, बिक्रीवितरण र सेवनमा संलग्न मुद्दामा पक्राउ परेको सूचना साउदी अध्यागमन विभागले दिएको सूचना पाएको रयादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीले जानकारी दिए।

गिरीका अनुसार नेपालबाट घरेलु रक्सी उत्पादन गर्ने मर्चालाई पिठोसँग मिसाएर लैजाने र स्थानीयस्तरमा पाइने चामल, गहुँ र खजुरजस्ता खाद्य पदार्थमा राखेर घरेलु मदिरा बनाएर बिक्री गर्दै गरेको अभियोगमा धेरै नेपाली पक्राउ परेका छन्।

साउदीमा मदिराको उत्पादन, बेचबिखन गर्नेलाई जरिवानादेखि जेल सजाय हुने गरेको छ। साउदीमा घरेलु मदिरालाई अवैधानिक मानिन्छ।

मदिराको मुद्दामा जेल परेको नेपालीलाई साउदी प्रहरीले थुन्ने र कोर्रा हान्नेसम्मको सजाय हुने गरेको छ। योे मुद्धामा पक्राउ परेका विदेशी नागरिकलाई ६ महिनादेखि सात वर्षसम्मको जेल सजाय हुने गरेको साउदीको कानुनमा उल्लेख छ।

नेपाली साउदी अरेबियामा मात्रै नभएर कुवेतमा पनि अवैध मदिरा उत्पादन तथा सेवन गर्ने गरेका कारण पटकपटक पक्राउ पर्ने गरेको सूचना पाउने गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाइएको छ।

प्रकाशित: २ फागुन २०८० १२:०१ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast