अनिल र देवलाई समेट्दै आईसीसी विश्‍वकप लिग-२ का लागि नेपाली टिम घोषणा

हिमाल प्रेस २ फागुन २०८० ८:५६ | Wednesday, February 14, 2024
अनिल र देवलाई समेट्दै आईसीसी विश्‍वकप लिग-२ का लागि नेपाली टिम घोषणा तस्बिर : क्यान

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ क्रिकेटका लागि नेपालले अन्तिम १५ जनाको टिम घोषणा गरेको छ।

 नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको अनिल साह र देव खनाललाई समेट्दै अन्तिम १५ को सूची सार्वजनिक गरेका हुन्।

यसअघि टिममा रहेका अर्जुन साउद, रिजन ढकालको ठाउँमा साह र खनाललाई समावेश गरिएको हो। नेपाली टिममा रोहित पौडेल (कप्तान) आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राज वंशी र सूर्य तामाङ समेटिएका छन्।

लिग-२ को पहिलो खेलमा नेपालले नामेवियासँग १५ फेब्रुअरीमा खेल्ने छ। यसैगरी १७ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग नेपालको खेल हुने छ। १९ फेब्रुअरीमा नामेविया र नेदरल्याण्ड्स आमने सामने हुने छन्।

२१ फेब्रुअरीमा नेपाल नामेविया, २३ फेब्रुअरीमा नामेविया र नेदरल्याण्ड्स तथा २५ फेब्रुअरीमा नेपाल र नेदरल्याण्ड्स आमनेसामने हुने छन्। सबै खेल बिहान सवा ९ बजेदेखि सुरु हुने छ।

नेपालको टोली :

रोहित पौडेल(कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।

प्रकाशित: २ फागुन २०८० ८:५६ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast