आज भ्यालेन्टाइन ‘डे’ अर्थात प्रणय दिवस, कसरी थालियो मनाउन?

हिमाल प्रेस २ फागुन २०८० ७:३८ | Wednesday, February 14, 2024
आज भ्यालेन्टाइन ‘डे’ अर्थात प्रणय दिवस, कसरी थालियो मनाउन? फाइल तस्बिर

काठमाडौँ- विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन्।

यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।

यो दिन प्रेमीप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर प्रेम साट्ने प्रचलन नेपालमा पनि बढ्दै गरिरहेको छ ।

प्रेम दिवसको अवसरमा राजधानीको कमलादीमा गुलाबका फूललाई आकर्षण ढङ्गले सजाइएको छ।

यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो। प्रणय दिवसको अवसरमा आज प्रेम जोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ।

रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक बिवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ।

प्रकाशित: २ फागुन २०८० ७:३८ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast