भ्रष्टाचारीका दिन गए भन्‍ने सम्झनुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस ११ पुष २०७९ १८:१६ | Monday, December 26, 2022
भ्रष्टाचारीका दिन गए भन्‍ने सम्झनुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ फाइल तस्बिर।

काठमाडौँ– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन प्रवर्द्धन गर्नु आफ्नो पहिलो जिम्मेवारी भएको बताएका छन्। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कार्यकक्षमा सोमबार (आज) पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। ‘अब भ्रष्टाचारीका दिन गए भन्ने सम्झनुहोस्,’ विकास निर्माणका पूर्वाधारमा ठेकेदातन्त्र हाबी छ, यसलाई कसरी हटाउनुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,’ऐन कानुनलाई मुट्ठीमा लिएर जो बसेको छन्, उनीहरूका दिन गए भन्ने सम्झनुस्। जिम्मेवार पदमा बसेर पैसालाई केन्द्रबिन्दु बनाएर हिँड्ने जति मान्छे छन् उनीहरूका दिन अब सकिए।’

सुशासनलाई आत्मसाथ गर्दै विज्ञ समूह,पत्रकार र जनताबाट प्राप्त सल्लाह सुझावका आधारमा आफूले काम गर्ने पनि उनले बताए। ‘म हिजो जस्तो थिएँ, आज पनि उस्तै छु। उपप्रधानमन्त्रीमा दोहोरिनुमात्रै मेरो चाहना होइन। देश र जनताका हितमा काम गर्न म यहाँ आएको हुँ,’ उनले भने।

प्रकाशित: ११ पुष २०७९ १८:१६ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast