मधेश प्रदेशसभा सांसदहरूले शुक्रबार शपथ लिने

हिमाल प्रेस ११ पुष २०७९ १७:५७ | Monday, December 26, 2022
मधेश प्रदेशसभा सांसदहरूले शुक्रबार शपथ लिने

जनकपुरधाम– मधेश प्रदेशका नवनिर्वाचित सांसदहरूले शुक्रबार (पुस १५ गते) पद तथा गोपनियताको शपथ लिने भएका छन्। सोमबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो। शुक्रबार दिउँसो २ बजे शपथ ग्रहणका लागि समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि पद तथा गोपनियताको शपथ लिनुपर्ने भन्ने संवैधानिक व्यवस्था छ। नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले शपथ ग्रहण गराउने सचिवालयले जनाएको छ।

शपथ ग्रहणका लागि दुई घण्टाअगावै निर्वाचित प्रदेशसभा सदस्यहरू राष्ट्रिय पोशाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन सचिवालयले अनुरोध गरेको छ। मातृभाषामा शपथ लिन चाहने सांसदले तीन दिनअगावै प्रदेशसभा सचिवालयमा जानकारी गराउन सचिवालयले सूचित गरेको छ।

प्रकाशित: ११ पुष २०७९ १७:५७ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast