रियलमीको मेमोरी च्याम्पियन सी ५१ नयाँ भेरिएन्टमा

हिमाल प्रेस २९ माघ २०८० १३:२३ | Monday, February 12, 2024
रियलमीको मेमोरी च्याम्पियन सी ५१ नयाँ भेरिएन्टमा

काठमाडौँ– स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सी ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ। आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सी ५१ को मूल्य रु.१४ हजार ४९९ छ।

५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरासहितको रियलमी सी ५१ ले ग्राहकलाई फोटोग्राफीको प्रशस्तै डाइमेन्सन एक्सप्लोर गर्ने अवसर प्रदान गर्ने उत्पादकको दाबी छ। क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्छ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५१ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ । ३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५१ मा शक्तिशाली ५००० एमएएचको ब्याट्री राखिएको छ।

रियलमी सी ५१ मा ४ जीबी सम्मको डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ। १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्दछ।

अक्टा–कोर चिपसेटले एडभान्स टेक्नोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फमेन्स तथा अनुभव सुनिश्चित गर्दछ। रियलमीको ४+६४ जीबी स्टोरेज भेरिएन्ट पनि रु.१३ हजार ४९९ मा बजारमा उपलब्ध छ।

प्रकाशित: २९ माघ २०८० १३:२३ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast