नवौँ जापानिज भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, गोले भइन् पहिलो

हिमाल प्रेस २८ माघ २०८० १२:३१ | Sunday, February 11, 2024
नवौँ जापानिज भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, गोले भइन् पहिलो

काठमाडौँ- नवौँ ‘जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट’ (जापानी भाषा वक्तृत्वकला प्रतियोगिता) सम्पन्न भएको छ। जापानीज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान) ले नेपालमा जापानी भाषा, संस्कृति र शैक्षिक प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो।

शनिबार काठमाडौँमा आयोजित प्रतियोगिताबाट रविना गोले प्रथम भएकी छन्। मिसाकी जापानीज एन्ड इन्टरनेशनल ल्याङ्ग्वेज एजुकेसन सेन्टरबाट भाग लिएकी उनले प्रथम पुरस्कार ल्यापटप र शिल्ड प्राप्त गरिन्।

त्यस्तै हाकुहो जापानीज ल्याङ्ग्वेज स्कुलबाट आयुष कंसाकार द्वितीय भएका छन्। उनले ट्यावलइट र शिल्ड प्राप्त गरे। यस्तै सगरमाथा जापानीज ल्याङ्ग्वेज इन्ष्टिच्युटबाट पारसमणि दाहालले तृतीय स्थान हासिल गरिन्। उनले मोबाइल प्राप्त गरिन्। यसका साथै सहभागीहरूलाई सान्त्वना पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरिएको थियो।

प्रतियोगितामा विभिन्न जापानीज भाषा तथा शैक्षिक परामर्श प्रदान गर्ने १२ वटा संस्थाहरूबाट १२ जना विद्यार्थीले भाग लिएका थिए। उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीको वाक क्षमता अभिवृद्धि गर्न तथा जापानीज भाषा, कला संस्कृति, परम्परा र शैक्षिक प्रणालीबारे पूर्ण जानकारी हुन सकोस् भन्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जाल्सानका अध्यक्ष रमेश देवकोटाले बताए।

प्रकाशित: २८ माघ २०८० १२:३१ | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast