काठमाडौँ- ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित इमाडोलमा घरको चौथो तलबाट हामफालेर घाइते महिलाको मृत्यु भएको छ।
शनिबार बेलुका घरको चौथो तलाबाट हामफाल्दा गम्भीर घाइते भएकी महिलाको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जानकारी दिएको छ।
‘घटना शंकास्पद छ। कसरी मृत्यु भयो भन्न सकिने अवस्था छैन,’ ललितपुरका प्रहरी प्रवक्ता नवराज कार्कीले हिमाल प्रेससँग भने,‘अब पोस्टम्याटमबाट मात्र खुल्नेछ।’
प्रहरीका अनुसार महिलालाई हामफाल्दै गर्दा छिमेकीले देखेका थिए। घाइते महिलालाई अस्पताल भर्ना गरिएको थियो। तर अस्पतालले मृत घोषणा गर्यो।
कार्कीका अनुसार सोही घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ। घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।
प्रकाशित: २८ माघ २०८० ८:२० | Sunday, February 11, 2024
प्रतिक्रिया





