एसीसी वुमन्स प्रिमियर कप : हङकङले नेपाललाई दियो ९४ रनको लक्ष्य

हिमाल प्रेस २७ माघ २०८० ८:५८ | Saturday, February 10, 2024
एसीसी वुमन्स प्रिमियर कप : हङकङले नेपाललाई दियो ९४ रनको लक्ष्य

काठमाडौँ- एसीसी वुमन्स प्रिमियर कपको पहिद्यो खेलमा हङकङले नेपाललाई ९४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा जारी वुमन्स टी-२० प्रिमियर कपमा टस जितेर फिल्डिङ गरेको नेपालले निर्धारित ओभरमा ९३ रनमा हङकङलाई रोकेको हो।

हङकङले ८ विकेट गुमाएर निर्धारित ओभरमा सोही लक्ष्य प्रस्तुत गरेको हो। हङकङका लागि कप्तान चान का यिंग क्यारीले ३१ बल खेल्दै ३ चौका सहित सर्वाधिक २१ रन बनाइन्। यस्तै मर्यम बिबीले १९ बल खेल्दै सर्वाधिक १८ रन बनाइन्। यास्मिन दस्वानीले २१ बल खेल्दै १५ रन बनाएर हिट विकेट हुन पुगिन्।

ओपनर नताशा माइल्सले १९ बलमा ११ रनको योगदान गरिन्। हङकङका अन्य ब्याटरले दोहोरो अंक पनि छुन सकेनन् । नेपालका लागि पूजा महतो र रुविना क्षेत्रीले २/२ विकेट लिँदा कविता जोशी र सीता राना मगरले १/१ विकेट लिए। खेलको दोस्रो इनिङ्स केही समयमा सुरु हुनेछ।

प्रकाशित: २७ माघ २०८० ८:५८ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast