२२ मंसिरअघि नै निर्वाचन नतिजा राष्ट्रपतिलाई बुझाउँछौँ : आयोग

हिमाल प्रेस १ मंसिर २०७९ ५:१६ | Thursday, November 17, 2022
२२ मंसिरअघि नै निर्वाचन नतिजा राष्ट्रपतिलाई बुझाउँछौँ : आयोग

काठमाडौँ निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा २२ मंसिरमै राष्ट्रपतिलाई बुझाउने जानकारी गराएको छ।

निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु हुनुभन्दा केही घण्टाअघि बिहीबार अपराह्न आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले यसबारे जानकारी दिएको हो। ४ मंसिरमा हुने निर्वाचनको सम्पूर्ण नतिजा तीन हप्ता नपुग्दै २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

४ मंसिरमा हुने निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना सकेर २२ मंसिरअघि नै राष्ट्रपतिसमक्ष बुझाइने थपलियाले जानकारी दिए।

प्रकाशित: १ मंसिर २०७९ ५:१६ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast