सर्लाही दुर्घटना अपडेट : नापी कार्यालय सहयोगीको मृत्यु

हिमाल प्रेस २३ माघ २०८० ९:१५
14
SHARES
सर्लाही दुर्घटना अपडेट : नापी कार्यालय सहयोगीको मृत्यु

सर्लाही- सर्लाहीमा दुर्घटनामा घाइते भएका नापी कार्यालय मलंगवाका सहयोगी विनोद घिमिरेको मृत्यु भएको छ।

घिमिरेको उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ।

सोमबार राति नापी कार्यालयका कर्मचारीहरू चढेको गाडी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १०, गम्हरियास्थित चमेली माई मन्दिर नजिकै दुर्घटना भएको थियो।

अधिकृतसहितको टोली सवार बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी दुर्घटनामा परेका थियो।

दुर्घटनामा नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए।

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का विनोद घिमिरे, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय रामलाल साह घाइते भएका थिए।

नापी अधिकृत श्रेष्ठसहित तीन जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय सञ्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय बैधनाथ पटेल घाइते छन्।

त्यस्तै, मलंगवा नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीद नगर नगरपालिका वडा नम्बर ७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ।

 

प्रकाशित: २३ माघ २०८० ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast