एमालेका उम्मेदवारलाई भोट मागेपछि मतदान अधिकृतको जिम्मेवारी खोसियो

हिमाल प्रेस १ मंसिर २०७९ ५:१४ | Thursday, November 17, 2022
एमालेका उम्मेदवारलाई भोट मागेपछि मतदान अधिकृतको जिम्मेवारी खोसियो

काठमाडौँ- नेकपा एमालेका उम्मेदवारलाई भोट मागेपछि म्याग्दीका एक मतदान अधिकृतलाई जिम्मेवारी मुक्त गरिएको छ। आचारसंहिता विपरीत गतिविधि धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नविन कार्कीको जिम्मेवारी खोसिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले बिहीबार बिहान प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उमेदवार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको तस्बिर फेसबुकमा सेयर गरेका थिए।

यसबारे निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि कार्कीलाई कार्यालयले लिखित स्पष्टीकरण माग गरिएको थियो। उनको जवाफ चित्तबुझ्दो नभएपछि उनलाई मतदान अधिकृतको जिम्मेवारीबाट मुक्त गरिएको हो।  उनले मानवीय त्रुटिका कारण सेयर भएको भने स्वीकारेका थिए।  उनलाई हटाएर सोही केन्द्रका सहायक मतदान अधिकृत विष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको छ।

प्रकाशित: १ मंसिर २०७९ ५:१४ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast