बारा- १० किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ। मकवानपुरको हेटौँडा नगरपालिका-३ वस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका–७ मा उनलाई खानतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो।
प्रकाशित: १७ माघ २०८० २१:४६ | Wednesday, January 31, 2024
प्रतिक्रिया





