आहारारा पोखरा गोल्डकप : पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल भिड्दै

हिमाल प्रेस १७ माघ २०८० ८:५३ | Wednesday, January 31, 2024
आहारारा पोखरा गोल्डकप : पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल भिड्दै

काठमाडौँ- आहारारा पोखरा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पोखरामा जारी २३औं आहारारा गोल्डकपमाको पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल युथ क्लब भिड्दैछन्।

दिउँसो साढे २ बजेबाट सुरु हुने खेलको विजेता फाइनलमा पुग्नेछ । र, माघ २० गते उपाधिका लागि भिड्नेछ।

आहारारा इतिहासमा थ्रीस्टार र जावलाखेल तेस्रोपटक भिड्न लागेका हुन्। यसअघि २०६८ सालको क्वार्टरफाइनलमा दुवै टिम पहिलोपटक भेट भएका थिए । उक्त खेलमा जावलाखेलले थ्रीस्टारलाई ३-१ ले जित निकालेको थियो।

क्वार्टरफाइनलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसी र जावलाखेलले मनाङमर्स्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएका हुन् ।

थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जित्दा जावलाखेल भने उपाधिविहीन छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहाराराको उपाधि जितेको छ ।

थ्रीस्टारको कप्तानी राष्ट्रिय टिमबाट खेलिसकेका योगेश गुरुङले सम्हाल्दैछन्। क्लबकै पूर्वकप्तान विक्रम लामाको प्रशिक्षणमा विराज महर्जन, आशिष चापागाईं, आदित्य शाक्य, दीपेश आले, अभिशेषक बराललगायत खेलाडी टिममा छन्।

यता, जावलाखेल नरेश थापाको प्रशिक्षणमा मैदान उत्रिएको छ। जावलाखेलको टोलीमा राष्ट्रिय टोलीका छिरिङ लामा, सुदीप गुरुङसहित समावेश छन् । त्यस्तै, विश्वकप एसिया छनोटको प्रारम्भिक छनोटमा परेका आशिष देउलाले टिमविरुद्धको गोल रक्षा गरिरहेका छन् ।

प्रकाशित: १७ माघ २०८० ८:५३ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast