काठमाडौँ- सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै सहिदको सम्झना गरिएको छ।
काठमाडौँमा महानगरपालिकाको आयोजनामा बिहान प्रभातफेरी निकाली सहिदको स्मारकमा माल्यार्पण गरिएको छ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गलाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए। त्यही सम्झनामा आजका दिन सहिद सम्झिन्छ।
शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको हो। जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका उच्चस्तरीय व्यक्तिले पनि सहिदको शालिकमा माल्यार्पण गरेका थिए।

प्रकाशित: १६ माघ २०८० १२:५० | Tuesday, January 30, 2024
प्रतिक्रिया






