सहिद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक मञ्चन हुँदै

हिमाल प्रेस १५ माघ २०८० १५:४३ | Monday, January 29, 2024
सहिद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक मञ्चन हुँदै

काठमाडौँ- सहिद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ। बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा माघ १९ देखि नाटक मञ्चन हुन लागेको हो। नाटक माघ २९ सम्म मञ्चन गरिनेछ।

टिमका अनुसार नाटक सहिद गंगालाल श्रेष्ठको चित्रहरूमा आधारित रहेर बनाइएको छ। गंगालालको राजनीतिक, साहित्यिक लगायतका विभिन्न आयाम नाटकमा देखाइनेछ।

चे शंकरको लेखन र निर्देशनमा तयार पारिएको नाटक साताकाे प्रत्येक दिन साँझ सवा पाँच बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो मञ्चन गरिने जनाइएको छ।

नाटकमा रंगकर्मी इनार बानु, निरज दाहाल, कुमु एडेन बात्री, रोशन चन्द, दिपक पच्छलदङ्या, रेवन राई, निर्भिक भट्टराई, एलिजा तुम्बापो, शकु शाहलगायतको अभिनय रहनेछ। नाटक शहिद गंगालाल फाउन्डेसन नेपालको प्रस्तुति र गार्डेन थिएटर कम्युनिटीको सहकार्यमा तयार पारिएकाे हाे।

शिल्पीमै फागुन ११ गतेदेखि नाटक  ‘झोडा’ पनि मञ्चन हुँदैछ। यो नाटक २०२८ सालदेखि २०३२ सालसम्मको झोडाको संक्रमणकालीन समय अर्थात् तराईमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथामा आधारित छ।

प्रकाशित: १५ माघ २०८० १५:४३ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast