काठमाडौँको लैनचौरस्थित एनसेलको कर्पोरेट भवन। तस्बिर : हिमालप्रेस
काठमाडौँ- सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न गत मंसिर २१ गते गठन गरेको उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउँदैछ।
मंसिर २१ को मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाउन लागेको हो।
करिब २ महिना लामो छानबिन र अध्ययनपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउन लागिएको हो।
प्रकाशित: १५ माघ २०८० १३:१३ | Monday, January 29, 2024
प्रतिक्रिया




